लकडाउनको २७ औं दिन कस्तो छ काठमाडौंको अवस्था ? (फोटोफिचर)

डिसी नेपाल
७ वैशाख २०७७ ९:००

काठमाडौं। काठमाडाैं। आज नेपाल लकडाउनको २७ औं दिन। कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ।

यो बन्दाबन्दीको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन। नागरिकहरूले बन्दाबन्दीकाे पूर्णपालना गरेकाे देखिएकाे छ। केही स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो। यस्तै काठमाडौँ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो।

सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए। यस्तै अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए।

सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए। यस्तै अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए।

यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरिको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ्ग गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो। नेपाल सरकारले बैशाख ३ गते सम्मको लकडाउन बन्दाबन्दीको समय बढाएर १५ गते सम्म पुर्याएको छ।

नेपालमा अहिले संक्रमित हुनेको संख्या ३१ जना पुगेको छ। साथै स्वास्थ्य मन्त्रालयले शनिवार अपरान्ह पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएको छ।

साथै नेपालका ७७ वटा जिल्लामा र्यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ। देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्।

 

उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *