रुपन्देहीको सीमा क्षेत्रमा स्थलगत निरीक्षण

डिसी नेपाल
७ वैशाख २०७७ १७:२३

लुम्बिनी । रुपन्देहीको सीमावर्ती क्षेत्रमा जनप्रतिनिधिले पैदलै हिँडेर सीमा निरीक्षण गरेका छन् । जिल्ला स्थित सुरक्षाका अधिकारीसहित पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का संघीय सांसद छविलाल विश्वकर्माको टोलीले आइतबार अपराह्न रोहिणी गाउँपालिकाको सीमावर्ती क्षेत्रको निरीक्षण गरेको हो ।

सीमाको निरीक्षणपछि सोही क्षेत्रबाट प्रदेश नम्बर ५ मा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दधिराम न्यौपानेले भन्नुभयो, ‘कोरानाको संक्रमण फैलिन नदिन सुरक्षाकर्मीले सीमामा अपनाएको सतर्कता प्रभावकारी नै देखियो ।’

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा सामान्य अवस्थामा भन्दा कडाइ गरेको छ । पूर्वमन्त्री विश्वकर्मासहितको जनप्रतिनिधिको टोलीले र गाउँपालिकाका किसानलाई समेत भेटी सामाजिक दूरी कायम गरेर पाकेको गहुंँ स्याहार्न आग्रह गरेको थियो । सो टोलीले धकधईस्थित क्वारेन्टाइनको पनि निरीक्षण गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *