मलेसियाले विदेशी कामदारहरूको सामूहिक कोरोना परीक्षण गर्ने

डिसी नेपाल
७ वैशाख २०७७ २०:०९

क्वालालम्पुर । मलेसियामा कोरोना संक्रमित विदेशी बढेसँगै मलेसियाले विदेशीहरुको सामूहिक कोरोना परिक्षण गर्ने भएको छ । सिंगापुरमा अत्यधिक संख्यामा आप्रवासीहरुमा कोरोना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेको हो ।

मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाले भने ‘हामीसँग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुको वारेमा अध्यन गर्ने उनीहरुको सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेको छ ।’

मलेसियामा हालसम्म ६०१ जना आप्रवासी नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । ती मध्ये ३ जना नेपाली पनि छन् । यहाँ अहिलेसम्म शंका गरिएका विदेशीमा कोरोना परिक्षण गर्दा ठुलोमात्रामा संक्रमित भेटिनु र सिंगापुरमा एकैदिन करिव हजार विदेशीमा कोरोना देखिएपछि लाखौंलाख विदेशी नागरिक रहेको मलेसियाले सामूहिक परिक्षण गर्न लागेको हो ।

मलेसियामा कोरोनाका कारण हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मलेसियाको स्थानीय समाचार संस्था मलाया मेलले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *