आरडिटी पोजटिभ, पिसिआर परीक्षणमा नेगटिभ

डिसी नेपाल
८ वैशाख २०७७ ७:५५

मुगु। र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) मा पोजटिभ देखिएका मुगुका एक व्यक्तिको थ्रोट स्वाव पिसिआर परीक्षणमा नेगटिभ रिपोर्ट आएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्यकर्मीको टोलीले गत ४ गते खत्याड गाँउपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा आरडिटि परीक्षण गर्दा सोही गाँउपालिका वडा नं ५ का एक व्यक्तिको रिर्पोट पोजेटिभ आएको थियो।

आरडिटि रिर्पाेट पोजेटिभ आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतको ल्यावमा पठाइएको थियो।

आइतबार स्वाबको पिसिआर परीक्षण हुँदा नेगटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए।

गत चैत ७ गते भारतबाट ५५ जना अन्य जनाको साथमा नेपाल आएका उनको आरडिटी रिर्पाेट पोजेटिभ आएपछि जिल्ला नै त्रसित भएको थियो। सबै जना पिसिआर रिर्पाेट के आउने भनी प्रतिक्षामा थिए।

यो सँगै आइतबारसम्म मुगु जिल्लाका ६ जनाको पिसिआर र १७२ जना मध्य १७१ को आरडिटी रिर्पाेट नेगेटिभ आएको छ भने १ जनाको आरडिटी परीक्षणमा पोजटिभ आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्ण कुमार निरौलाले बताए।

खत्याड गाँउपालिकामा मात्र ३०० जना बढी भारतबाट आएको र पहिलो चरणमा गरिएको आरडिटी परीक्षणमा एक जनाको रिर्पोट पोजेटिभ आएपछि थप किटसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लाबाट डा. सुनील बुढाथापाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली शनिबार खत्याड गाँउपालिका पुगेको थियो।

शनिबबार दिनभरी खत्याड ५ खमालेमा प्रतिस्ठानको टोलीले ४० जना व्यक्तिहरुको आरडिटी परीक्षण गरेको र सबैको रिर्पोट नेगटिभ आएको खत्याड गाँउपालिका स्वास्थ्य शाखा उपसंयोजक हरिबहादुर बुढाले जानकारी दिए।

जिल्लामा भारतलगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरु १००० जना भन्दा धेरै भएकाले उनीहरुको आरडिटी परीक्षण गर्न र कोही कसैलाई कोरोना भाइरस शंक्रमण भए अन्यमा नफैलिन दिन समय मै पत्ताउने प्रयास भइरहेको छ।

त्यसका लागि जिल्लामा प्राप्त १४० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ल्याएको आरडिटी किट अपुग हुने भएकाले थप १००० वटा थप आरडिटी किड सहित आवश्यक चिकित्सक टोली मुगु जिल्लाका खत्याड र सोरु गाँउपालिकामा पठाई दिने व्यवस्था मिलाई दिन संघीय सरकार कोभिड संकट व्यवस्टथापन केन्द्र, शान्ति सुरक्षाअनुगमन तथा नियन्त्रण कार्य समूह काठमाडौ, गृह मन्त्रालय, कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिक्षदको कार्यालय,आन्तरिक तथा कानुन मन्त्रालय,सामाजिक विकास मन्त्रलालय र स्वास्थ्य विज्ञान प्रतिक्ष्ठान जुम्लालाईमाग गत ५ गते जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेर पठाएको केन्द्रका संयोजक एवं प्रजिअ कृष्ण कुमार निरौलाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *