रेबानद्वारा राहत, लेकसाइडमा कीटनाशक औषधि
पोखरा । कोरोना महामारीले प्रभावित रेष्टुरेण्टमा कार्यरत ६४ जनालाई रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल ९रेबान० पोखराले राहत वितरण गरेको छ।
लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई खाद्य पदार्थ दिइएको हो। रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले रेष्टुरेण्टमा काम गर्नेहरुलाई खानेकुराको अभाव भयो भन्ने थाहा पाएर सहयोग जुटाइएको बताउँदै संस्थाको बैठक बसेर आवश्यक रकम छुट्टयाइएको जानकारी दिए ।
यसैबीच रेबान पोखराले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लेकसाइडमा कीटनाशक औषधि छर्केको छ। पोखरा महानगरपालिकासँगको सहकार्यमा सोमबार लेकसाइडका सबै क्षेत्रमा औषधि छर्किइएको हो। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment