थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं । बुधबार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुने २४, ६० र ७२ वर्षका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनीहरुको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो। उनीहरु क्वारेन्टाइनमा रहेको र अस्पताल ल्याउने तयारी भइरहेको डा. देवकोटाले जानकारी दिए।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् । बुधबारमात्र दुईजना संक्रमित निको भएर घर फर्किने तयारीमा रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment