जापानमा कोरोना संक्रमित पहिलो नेपाली युवती निको भएर घर फर्किन

ज्याक खड्का
१० वैशाख २०७७ २०:२७

टोकियो । जापानमा कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो नेपाली युवती कोरोना संक्रमणलाई जीतेर घर फर्किएकी छिन् ।

जापानको ईबाराकी केनमा बस्दै भएकी २१ वर्षीया कँडेल थरकी युवतीमा अप्रिल २ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

अध्ययनपछि एक बृद्धबृद्धा स्याहार केन्द्रमा भिषा परिवर्तन गरेर काम गर्दै र्आएकी उनीमा कामगर्ने स्थानबाटै संक्रमण सरेको थियो ।

संक्रमणपछि अस्पतालमा तीन साताको उपचारपछि कोराना भाइरसलाई जित्दै उनी घर फर्किएकी हुन् ।

यसअघि संक्रमण न्यून हुँदै गएपछि गतसातादेखि उनलाई सामान्य वार्डमा सारिएको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारजन दुईसाता घरमै क्वारेन्टाइनमा बसेका थिए । तर,परिवारका कसैमापनि कोरोना संक्रमण देखिएको छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *