सनसिटीका दुई जना संक्रमितले जिते कोरोना, निको हुनेको संख्या ९ पुग्यो
काठमाडौं । बिहीबार पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित निको भएका छन्। पाटन अस्पतालमा उपचाररत उनीहरु दुवै जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनीहरू दुवै जना पेप्सिकोला टाउनप्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ र ८१ वर्षीय व्यक्ति हुन्। उनीहरु आमा छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
बिहीबार नै थप २ जनामा समेत कोरोना संक्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment