प्रदेश नं २ मा चार हजार १८६ को आरडीटी

डिसी नेपाल
११ वैशाख २०७७ २१:५९

जनकपुरधाम । प्रदेश नं. २ मा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारका क्रममा आजसम्म तीन हजार ८७७ जनाको ¥यापिड डाइगनोष्टिक टेस्ट(आरडीटी) गरिएको छ । सोमध्ये सबैभन्दा बढी पर्सामा दुई हजार ४० को आरडीटी गरिएको छ भने रौतहटमा ४३८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

त्यस्तै, सप्तरीमा ६९१, सिरहामा २७४, महोत्तरीमा १४०, सर्लाहीमा १२५, बारामा १२७ र धनुषामा ३०९ जनासमेत गरी प्रदेशमा चार हजार १८६ जनाको आरडीटी परीक्षण गरिएको हो । सोमध्ये अहिलेसम्म नौ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । नौ जनाको पीसीआरबाट परीक्षण गराउँदा आठ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरे बताए ।

त्यस्तै, अहिलेसम्म यस प्रदेशमा ६५४ जनाको पीसीआर मेशिनबाट परीक्षण गराउँदा ६०५ जनाको रिपोर्ट नेगेटिभ आएको, चार जना कोरोनाबाट सङ्क्रमित छन् भने ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशमा अहिलेसम्ममा एक हजार २८६ जना क्वारेन्टाइनमा छन् भने होम क्वारेन्टाइनमा बस्ने सङ्ख्या एक हजार ८६१ र आइसोलेशनमा ११ जना बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *