इटालीमा लकडाउन खुलाउने तयारी

बिजय भुसाल
१२ वैशाख २०७७ २१:३१

इटाली। इटालीमा करिव २ महिनादेखि जारी लकडाउन खुल्ने संकेत देखिएको छ। सरकारले आधिकारिक सूचना जारी नगरिए पनि अप्रिल २७ देखिनै लकडाउन खुल्न सक्ने इटालियन संचार माध्यमहरुले जनाएका छन्।

समचारअनुसार लकडाउन खोल्न ४ वटा मिति तोकिएको छ। अप्रिल २७ मा कलकारखाना खोलिनेछ। ३ मेमा कपडा उत्पादन गर्ने उद्योगहरू खुल्ने छन् भने ११ मेमा लुगा, जुत्ता र अन्य सबै पसलहरू खोलिने छन् ।

खोलिने पसलहरुमा प्रवेश गर्दा भने लकडाउन हुँदा कै नियमहरु रहनेछन् । पसल प्रवेश गर्दा १ देखि २ मिटरको दुरिमा रहेरमात्र किनमेल गर्न पाइनेछ।

त्यस्तै अन्तिममा १८ मेमा बार र रेस्टुरेन्टहरु खुला गरिने छन्। बार र रेस्टुरेन्टमा भने एक टेबलदेखि अर्को टेबलको दुरि २ मिटरको हुनुपर्ने र वेटरले अनिवार्य रुपमा मास्क र पन्जा लगाएको हुनु पर्नेछ। बिङो (क्यासिनो),सैलुन र ब्यूटी पार्लरहरु कहिले सम्म खोल्ने भन्नेबारे जानकारी आएको छैन ।

सपिङ्ग सेन्टर र फार्मेसिहरु भने लकडाउनको समयदेखि नै खुला छन् ।

लकडाउन खुले पनि बाहिर निक्लदा माक्स र पन्जा भने अनिवार्य लगाउनुपर्ने भएको छ। एउटा गावसिबाट अर्को गाविसमा जाँदा सेल्फ प्रमाणिकरणको सर्टिफिकेट आवस्यकता नभएपनि एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा भने सेल्फ प्रमाणिकरणको सर्टिफिकेटको आवश्यकता पर्ने बताइएको छ ।

इटालिमा बिङो (क्यासिनो) मा करिव ५० भन्दा बढी नेपालीहरु काम गर्दै आएका छन् ।सरकारबाट आउने भनेको ८० प्रतिशत तलब अहिलेसम्म पनि हातपरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *