प्रधानमन्त्रीले खोले अध्यादेश ल्याउनुको कारण, ‘मलाइ मधेश प्रवेश निषेध गरिएको कुरा साथीहरुले बुझेनन्’

डिसी नेपाल
१२ वैशाख २०७७ २२:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिनका लागि बैशाख १२ गते विहीबार बोलाइएको मन्त्रिपरिषद्को आपतकालीन बैठकमा आफूबिरुद्ध गतिविधि गर्ने पार्टी नेताहरुबिरुद्ध खनिएका छन्। शुरुमा निकै मलिनो अनुहार र थकितरुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पार्टीका साथीहरुले कुरा नबुझेको आरोप लगाए।

“बुझ्दै नबुझी साथीहरुले सचिवालय बैठक राख्ने कुरा गर्नु भो। बुझ्दै बुझ्दैनन् साथीहरु, कहिले सचिवालय बैठक राख्ने, हस्ताक्षर संकलन गर्ने काम गर्छन् ।” अध्यादेश जारी भइसकेपछि प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल र रक्षामन्त्री इश्वर पोख्रेलवाहेक अरु सचिवालय सदस्यहरुको बैठक बसी अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिने निर्णय गरिएको प्रति ओलीको अक्रोश यसरी व्यक्त भएको थियो मन्त्रिपरिषद्को बैठकमा ।

यस्तो रहेछ अध्याधेश ल्याउनको कारण

 प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीपछि मधेशको अवस्थाको विस्तृत चर्चा नगरे पनि उनले तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूलाई मधेश केन्द्रित दलहरुले मिलेर मधेशका कतिपय ठाउँहरुमा प्रवेश निषेध गरेको कारण अध्यादेश ल्याउनु परेको स्पष्टीकरण मन्त्रिपरिषद्को बैठकमा दिएका छन्

गत स्थानीय चुनावका बेला आफूलाई मधेश प्रवेश गर्न निषेध गरेको कुरा म कसरी बिर्सूं, उनले बैठकमा भने, “त्यो कुरा म कसरी बिर्सन सक्छु, मेरो स्वाभिमान छैन ? त्यो कुरा मनमा गढेको छ मलाइ

“गत स्थानीय चुनावका बेला आफूलाई मधेश प्रवेश गर्न निषेध गरेको कुरा म कसरी बिर्सूं, उनले बैठकमा भने, “त्यो कुरा म कसरी बिर्सन सक्छु, मेरो स्वाभिमान छैन ? त्यो कुरा मनमा गढेको छ मलाइ।”  उनले मधेश दलहरुमा विभाजन गर्छौं भनेर आउनेलाई त्यतिबेलाको अवस्था सम्झेर विभाजन हुने मौका दिएको भनाइ राखेका थिए। 

संधीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने बेला आफूलाई दिएको चुनौती पनि नबिर्सेको बताएका थिए । उनले भने, “उकुसमुकुस भएर बसेका थिए मधेशका साथीहरु त्यहाँ। लोकतन्त्रमा आफूले सोचेअनुसारको राजनीति गर्न पाउनुपर्छ भनेर अध्यादेश ल्याइएको थियो तर आफ्नै साथीहरुले कुरा बुझेनन्।”

६ महिनादेखि सल्लाह गरेको हुँ

मैंले एक्लै निर्णय गरेको होइन, ६ महिनाअघिदेखि नै साथीहरुसंग सल्लाह हुंदै आएको थियो । हो, क्याविनेटको एक दिन अगाडि भने मैंले उहाँहरुलाई भनेको होइन ।”

प्रधानमन्त्रीले आफ्नो बचाउ गर्दै मन्त्रिपरिषद्को बैठकमा विगत ६ महिनादेखि यो विषयमा पार्टी नेताहरुसँग सरसल्लाह गरेको बताएका थिए। “मैंले एक्लै निर्णय गरेको होइन, ६ महिनाअघिदेखि नै साथीहरुसँग सल्लाह हुँदै आएको थियो। हो, क्याविनेटको एक दिन अगाडि भने मैंले उहाँहरुलाई भनेको होइन।” प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै एक मन्त्रीले भने, “तर उहाँले को को साथीहरुसँग सल्लाह गर्नु भयो त्यो भने भन्नुभएन । संकेत प्रचण्डप्रति थियो तर नाम लिनुभएन।”

प्रधानमन्त्रीले सबैलाई धन्यवाद भनेपछि

प्रधानमन्त्रीले राजीनामा पो दिन लागेछन् कि भन्ने ठानियो, एक मन्त्रीले डिसी नेपालसँग भने, “शुरुदेखि नै बोली निकै मलिनो थियो, उदास उदास देखिएका थिए प्रधानमन्त्री, अव धन्यवाद नै भनेपछि प्रधानमन्त्रीले पद छोड्न लागेको पो हो कि भन्ने ठानियो तर त्यस्तो होइन रहेछ।” धन्यवाद दिए पनि प्रधानमन्त्रीले राजीनामाको कुरा गरेनन् बरु मन्त्रीहरुलाई स्पष्टिकरण दिए, “मैंले सल्लाह नगरी यो काम गरेको होइन, पार्टीमा सल्लाह गरेरै गरेको हो।”

“लौ साथीहरुलाई धन्यवाद छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीको मलिनो स्वर थियो। मन्त्रिपरिषद्को बैठकमा आ-आफ्ना कुरा राख्दा राख्दै निकै भावुकसमेत भएका प्रधानमन्त्रीले यसरी मन्त्रिपरिषद्का सदस्य अर्थात् आफ्ना मन्त्रीहरुलाई यसरी धन्यवाद दिएपछि केही मन्त्रीहरु झस्किए।

‘बरु दुई कदम पछि हट्छु’

प्रधानमन्त्री ओलीले पार्टीभित्र आफूबिरुद्ध खेलो भएको गुनासो मन्त्रिपरिषद्को बैठकमा गरेका थिए। उनले पार्टीभित्रैबाट खेदो खनिएको भन्दै जति खेदो खने पनि पार्टी फुट्न नदिने उनको भनाइ थियो। बरु दुई कदम पछि हट्छु तर पार्टी जोगाउँछु उनले भने।

प्रधानमन्त्रीले दुई कदम पछि हट्ने भनेको के हो ? भन्ने प्रष्ट भइसकेको छैन । एउटा कदम अध्यादेश फिर्ता लिएकोलाई संकेत गरे पनि अर्को कदम के हो ? त्यो खुलाएनन् । के अर्को कदम राजीनामा हो ?

प्रधानमन्त्रीले दुई कदम पछि हट्ने भनेको के हो ? भन्ने प्रष्ट भइसकेको छैन। एउटा कदम अध्यादेश फिर्ता लिएकोलाई संकेत गरे पनि अर्को कदम के हो ? त्यो खुलाएनन् । के अर्को कदम राजीनामा हो ?

कहाँ राख्ने स्थायी समिति ? ठाउँ कहाँ छ ?

प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुले स्थायी समितिको बैठक बोलाउने माग गरेकोबारे मन्त्रिपरिषद् बैठकमा असन्तुष्टि व्यक्त गरे । कोरोना महामारीका कारण लकडाउन गरिएको अवस्थामा बैठक कसरी बोलाउने ? भन्ने प्रश्न उनले मन्त्रीहरुसमक्ष गरेका थिए ।

अहिले सरकारको नीति तथा कार्यक्रम बनाउने र बजेट बनाउने समय छ उनले भने, नीति कार्यक्रम बनाउने, बजेट बनाउने र सबे सांसदहरुलाई त्यता केन्द्रीत गर्नुपर्नेमा स्थायी समितिको बैठक बसाउने ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *