ठाटिकाँध गाउँपालिकामा क्वारेन्टाइन अव्यवस्थित भएको जनगुनासो

डिसी नेपाल
१६ वैशाख २०७७ १७:३८

काठमाडौं । नेपालमा क्वारेन्टाइन र लकडाउनलाई व्यवस्थित बनाएर कोरोनाको संक्रमणलाई न्यून गरेको भन्ने विश्व जगतबाट प्रशंसा बटुली रहँदा दैलेखको पश्चिम तोलिजैसीमा भने क्वारेन्टाइन व्यवस्थित हुन नसकेको जनगुनासो छ । गत चैत्र ११ गतेबाट लकडाउन गरेसँगै गाउँपालिकामा भित्रिनेलाई राख्न गाउँपालिकाले ८ ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

पालिकाले क्वारेन्टाइनको व्यवस्था गरे पहुँचमा भएका केही व्यक्तिहरु बस्न नमानेको र खुल्लेआम घुमिरहेको स्थानीयले बताए । कृष्णमावि लकान्द्रको भवनमा क्वारेन्टाइनमा बसेकाहरुले सामाजिक दुरी कायम नगरेको, ‘चुङ्ग’ खेली रहेको उनीहरुको गुनासो रहेको छ । एक जना स्थानियले डिसी नेपाललाई भने, ‘कतिपय त क्वारेन्टाइनमा खाना खाएर घर जाने र विहान फर्किने गरेका छन्,।’

कोरोनाको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डकै गाउँ पालिकाले पालना नगरेको र गर्न नलगाएको जन गुनासो छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको महामारी फैलिन नदिन जति सक्दो सामाजिक दुरी कायम गर्ने र एकान्तबास (क्वारेन्टाइन)मा कम्तिमा २ साता बस्नु पर्ने हुन्छ ।

क्वारेन्टाइन अव्यवस्थित भएको जनगुनासो आइरहदा हामीले ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीलाई सोधेका थियों । उनले सबैलाई क्वारेन्टाइनमा व्यवस्थित गरेको बताए । उनले भने, ‘हामीले बाहिरबाट पालिकामा आएका सम्पूर्णलाई क्वारेन्टाइनमा राखेका छौं। छुटफुट कोही भागेका छन्भने उनीहरुलाई पनि क्वारेन्टाइनमा समावेस गराउने छौं।’

कोरोना भाईसर नेपालमा पनि फैलिने क्रम बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ । पछिल्लो समय रौतहटमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भए पछि यो संख्या ५४ पुगेको हो ।

गाउँपालिकाको लापरवाही र मै हुँ भनेर हिड्ने एक जनाको कारण भविश्यमा ठाटिकाँध गाउँपालिकालाई कोरोनाबाट सुरक्षित गर्न चुनौति नहोस् । बेलैमा सम्बन्धीत निकायको ध्यान जान सकोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *