कोरोना संक्रमणबाट भर्जिनियामा पन्थीको निधन

डिसी नेपाल
१७ वैशाख २०७७ ७:३६

डिसी नेपाल
वासिंगटन डिसी । बिश्वमहामारीका रूपमा फैलिएको कोभिड १९ ले संसारभरका मानिसहरूलाई गाजिरहेको अबस्थामा अमेरिकामा रहेका नेपालीहरूलाई समेत सयौलाई संक्रमित गरेको छ भने दर्जनको हाराहारीमा मानिसहरूले मृत्युबरण गरिसकेका छन् । भर्जिनियामा बिगत ३ हप्तादेखि कोभिड १९ को संक्रमित सेन्टरभिल निबासी महेश पन्थीको अप्रिल २८ मंगलबार दुखद निधनको खबर प्राप्त भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका पन्थीकी श्रीमती एक छोरा एक छोरी र आमा समेत यही रहेको उनका पारिबारिक मित्रहरुले बताएका छन् । हाल पन्थी भर्जिनिया राज्यद्वारा सन्चालित सेवा र रिटेल ब्यावसायमा समेत सक्रिय काम गर्दै थिए । पन्थी काम गर्ने स्टोरमा उनलाई कोरोनाको लक्षण देखिएपछि केही समय त्यो स्टोर बन्द समेत भएको थियो । स्वर्गीय पन्थी बिगत ५ बर्षदेखि सेन्टरभिलमा घर लिएर बस्दै आएका थिए । भर्जिनियामा अरु पनि नेपालीहरूलाई कोरोनाले संक्रमण गरेको भए पनि उनीहरुको स्वास्थ्य अवस्थाबारे केही कुरा सार्वजानिक भएको छैन ।

पन्थी कोभिड १९ बाट भर्जिनियामा मृत्यु हुनेमा पहिलो ब्यक्ति हुन् । स्वर्गीय पन्थी साथीहरूसंग रमाइलो गर्न रूचाउने स्वभावको, मिलनसार र सहयोगी भएको उनका पारिवारिक मित्रहरुले बताएका छन् । डिसी नेपाल परिवार स्वर्गीय पन्थीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *