प्रधानमन्त्रीको विकल्पको खोजीः जसले मुलुकलाई दुर्घटनातर्फ धकेल्नेछ

डिसी नेपाल
१७ वैशाख २०७७ ९:२७

दुई वर्षअघि दुई तिहाइ बहुमतसहितको सरकार गठन हुँदा मुलुकले प्रजातन्त्र पुनस्र्थापनाको साढे २ दशकपछि स्थिर सरकार पाउने अपेक्षा गरिएको थियो। मुलुकले विकास र समृद्धिको दिशातर्फ गति लिने अपेक्षा थियो।

यही आशा र अपेक्षासहित मतदाताले बाम गठबन्धनलाई बहुमत दिएका थिए र यो जिम्मेवारीको नेतृत्व केपी शर्मा ओलीले गर्ने अपेक्षा गरेका थिए। नेतृत्व त केपी शर्मा ओलीकै काँधमा गयो तर अपेक्षाहरु जस्ताको तस्तै रहे।

मुलुकले समृद्धिको दिशातर्फ गति लिन सकेन। प्रधानमन्त्री केपी ओलीको कार्यशैली अधिनायकतावादतर्फ उन्मुख देखियो। राज्यका संवैधानिक निकायहरुमाथि सरकारको नियन्त्रण बढ्यो। प्रधानमन्त्रीबाटै भ्रष्टचारी ग्याङको संरक्षण, बचाउलगायत उहाँले निर्वाचित प्रधानमन्त्रीको हैसियतले शासन सत्ता सम्हाले यता हजारौं गल्ती र त्रुटी उहाँबाट भएका छन्।

उहाँले गर्ने अधियाकवादी कार्य र उहाँले अहिलेसम्म गरेका गलत काम मैले जे गर्छु ती सबै ठिक अरुले जे गर्छन ती सबै गलत भन्ने सोचाइ यी सबै कुराले जनता वाक्क दिक्क भएका छन्। २०७२ सालमा संविधानसभाले जारी गरेको संविधान कानुनी शासन र लोकतन्त्र नै जानी नजानी उहाँले समाप्त पार्नु हुने हो कि भन्ने स्वदेशी र विदेशी सबैको चिन्ताको विषय बनेको छ।

दुःखद पक्ष त के भने उहाँको वरिपरी यस विषयमा खबरदारी गर्ने कोही छैन। उहाँ उक्साउने र अवसरवादीहरुबाट घेरिनुभएको छ। उहाँलाई जे गर्दा पनि राम्रो हुन्छ भन्नेहरु मात्रै वरिपरी छन्। सचेत गराउनेहरु कोही पनि छैनन्। आफ्नाले सचेत नगराए पनि प्रतिपक्षले सचेत गराउनु पर्ने हो तर प्रतिपक्ष पनि निरीह छ।

तर यति हुँदा हुँदै पनि २००४ सालदेखि २०७७ सम्म नेपालको राजनीतिमा जुन किसिमको अस्थिरता देखियो, सुनियो र भोगियो त्यो अनुभव हेर्दा पछिल्लो समय नेपाली राजनीतिमा विकसित हुँदै गएका घटनाक्रम नौलो लाग्दैनन्।

अहिले सरकारको नेतृत्व परिवर्तन गर्नु उपयुक्त समय होइन र प्रधानमन्त्री परिवर्तन गर्नका लागि अहिलेको राजनीतिक घटनाक्रम जसरी विकसित भयो, यो नेपालको राजनीतिमा अस्थिरता चाहने शक्तिबाट भएको हुनुपर्छ।

राजनीति स्थायित्वका लागि नेकपाले संघीय संसदमा ल्याएको बहुमतको आधारमा त्यस पार्टीका अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओलीले पाँच वर्ष काम गर्न पाउनुपर्छ भन्ने मलाइ लाग्छ।

अहिले सरकारको नेतृत्व परिवर्तन गर्नु उपयुक्त समय होइन र प्रधानमन्त्री परिवर्तन गर्नका लागि अहिलेको राजनीतिक घटनाक्रम जसरी विकसित भयो, यो नेपालको राजनीतिमा अस्थिरता चाहने शक्तिबाट भएको हुनुपर्छ।

राजनीति ठिक नभए राज्यका अरु कुनै नीति ठिक नहुने, शान्ति सुव्यवस्था कायम नहुने, समाजको विकास नहुने, आर्थिक विकास नहुने, कानुनी शासन कायम नरहने, शैक्षिक विकास नहुने, वैदेशिक नीति डेगिलो र भरपर्दो नहुने आदि कारणले गर्दा राजनीतिमा उथल पुथल ल्याउनु र विरोध गर्नु, नेतृत्व परिवर्तन गर्नु आफैंमा स्वाभाविक होइन।

पछिल्लो समय पनि नेकपाभित्रैबाट नेतृत्व परिवर्तनको प्रयास भएको संकेत देखिएको छ। प्रजातान्त्रि राजनैतिक प्रणालीमा यो स्वभाविक प्रक्रिया हो । जब कुनै एक नेतृत्वबा अपेक्षा गर्ने ठाउँ रहँदैन, जब विद्यमान नेतृत्वमाथि विश्वास रहँदैन त्यसपछि वैकल्पिक शक्तिको खोजी हुनु नौलो कुरा होइन।

तर, २ं००४ सालदेखि २०७७ सालसम्म जुन शक्तिले राजनीतिक अस्थिरता निम्त्याइ दिने, त्यस्तो अस्थिरता भित्र खेल्ने र आफ्नो अभिष्ट पूरा गर्ने गर्दै आयो। त्यो शक्तिलाई हाम्रा राजनीतिक दलका नेताहरुले चिन्न आवश्यक छ। राजनीतिमा नेतृत्व परिवर्तन अस्वभाविक होइन तर नेतृत्व परिवर्तन गरेर जुन नयाँ नेतृत्वलाई स्थापित गर्ने प्रयास गरिन्छ त्यसले जनअपेक्षा पूरा गर्छ कि गर्दैन भन्ने प्रस्ट हुनु आवश्यक छ।

लेखक : जगदीश दाहाल

अन्यथा नेतृत्व परिवर्तनले कुनै अमुक व्यक्ति वा गुटले लाभ पाउँछ देशले केही पाउँदैन। नेपालका यसअघि जति पनि राजनैतिक उथलपुथल भए ती सबैमा कुनै न कुनै अवसरवादी तत्व सक्रिय थियो। त्यो तत्वले आफ्नो अभीष्ट पूरा गर्न सरकार नै उल्ट्याउने सम्मका कार्यहरु गर्यो। अहिले पनि त्यही शक्ति शावी भएको त होइन ? भन्ने निश्चित हुनु आवश्यक छ।

वर्तमान प्रधानमन्त्रीलाई राख्ने कि हटाउने यो मौजुदा संसदको विजनेश भित्र पर्छ। विपक्षी दलले हटाउन सक्ने संख्यामा आफ्ना सांसद सदस्य भए प्रयास गर्छ, नत्र असफल प्रयास नगर्न सक्छ। तर दुई तिहाइ नजिक बहुमत भएको कम्युनिष्ट सरकारले आफ्नो प्रधानमन्त्री असक्षम छन् कि सक्षम छन्? उनलाई निरन्तर सत्ताको नेतृत्वमा राखी छोड्ने वा नराख्ने त्यसको निर्णय कम्युनिष्ट पार्टी नेकपाले गर्नुपर्ने हुन्छ।

तर, नेकपाका नेताहरु पनि विपक्षीको वहकाउ र भड्काउमा पर्ने, वा पर्दा पछाडिको राजनीतिको खेलमा सबै राजनीतिक दलका नेता फस्ने, २००४ साल देखि नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने राजनीतिक शक्तिले नै २०७७ सालमा आएर पनि नेपालको राजनीतिमा पछाडिबाट गोटी चाल्ने र अस्थिरता निम्त्याउने र आफ्नो अभिष्ट पूरा गर्ने वा धमिलो पानीमा माछा मार्ने काम गर्छ भने यो नेपाली नागरिकलाई सह्य हुने कुरा होइन।

वीपी कोइराला जस्तो दूरदर्शी नेताले र पुष्पलाल जस्तो समाजवादी नेताले यो मुलुकमा जनताको सेवामा लोकतान्त्रिक पद्धतिको मार्फत प्रजातन्त्र र कानुनको शासन प्रयोग गर्न र उपयोग गराउन पाएनन्। यी सबै कुरालाई अध्ययन र विश्लेषण गर्दै अहिले मुलुकमा देखिएको खिचातानी र अस्थिरताका पछाडि को छ भनेर सहजै चिन्न सकिन्छ।

दोस्रो विश्वयुद्ध पछि सोभियत युनियनको छातामुनि रहेका हिन्दुस्तान, चीन र अमेरिकाको सामिप्यमा बसेको पाकिस्तान, विश्वका धेरै जसो मुलुकहरु कोही सोभियत संघको छातामुनी त कोही अमेरिकाको छातामुनी बसेको अवस्थामा हाम्रो मुलुक पञ्चशीलको सिद्धान्तमा अडिग रहने र असंलग्न राष्ट्रको सदस्य र संयुक्त राष्ट्रसंघको सदस्य रहेर विदेश नीतिको व्यालेन्समा ३० वर्षे पञ्चायत शासन टिकेको थियो। तर त्यस बखत पनि प्रधानमन्त्री र मन्त्रिपरिषद अनि राजनीतिक दलको हालत भने कमजोर मात्रै रहेन, सधैं विदेशीका बुई चढ्ने र चलखेल गर्ने काम भयो।

वीपी कोइराला जस्तो दूरदर्शी नेताले र पुष्पलाल जस्तो समाजवादी नेताले यो मुलुकमा जनताको सेवामा लोकतान्त्रिक पद्धतिको मार्फत प्रजातन्त्र र कानुनको शासन प्रयोग गर्न र उपयोग गराउन पाएनन्। यी सबै कुरालाई अध्ययन र विश्लेषण गर्दै अहिले मुलुकमा देखिएको खिचातानी र अस्थिरताका पछाडि को छ भनेर सहजै चिन्न सकिन्छ।

हाम्रा तराईका क्षेत्रीय दल र त्यसका नेताका राजनीतिक गतिविधिलाई को र कसबाट संचालित भनेर हर कोहीलाई थाहा भएकै विषय हो। त्यसकारण मुलुक र जनतालाई नअल्मल्याउन र त्यस्ता पर्दा पछाडिको शक्तिको गोटी नबन्नु नै नेकपाका नेताहरुलाई आग्रह गर्न चाहन्छु।

वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्न होइन, सत्ताको नेतृत्वबाट केपी शर्मा ओलीलाई हटाउन होइन, केपी ओलीलाई लोकतान्त्रिक चरित्र देखाउन, लोकतान्त्रिक तरिकाले कानुनको शासनको सम्मान गर्न, विगतका कमीकमजोरी र गल्तीलाई सच्याउँदै सही बाटो हिँड्न र हिँडाउन सत्ता पक्षका नेताहरु र विपक्षीले समेत प्रयास गर्नु उपयुक्त हुन्छ।

अहिले केपी ओलीको विकल्प खोज्नुभन्दा केपी ओलीलाई सच्याउनु श्रेयष्कर हुन्छ जसले मुलुकसँगै सत्तापक्ष र प्रतिपक्षलाई समेत लाभ हुन्छ। दलभित्रका अवसरवादीलाई यसबाट लाभ नहोला तर पहिले देश त्यसपछि दल प्राथमिकतामा हुनुपर्छ। यसका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्छ।

अन्यथा केपी ओलीले आत्मघाती कदम अपनाउनु भयो भने संसदबाट विश्वासको मत लिन्छु वा संसद भंग गरेर अगाडि बढ्छु भन्ने निर्णय गर्नुभयो भने यसले मुलुकलाई दुर्घटनातर्फ धकेल्छ।

यदि प्रधानमन्त्रीले मेरो विरोध गर्ने पनि दुधले धोएका चोखा होइनन्, उनका विगतका कुकृत्य र ती कुकृत्यका फाइलहरु कमिशन गठन गरेर वा संवैधानिक निकाय अख्तियारबाट छानवीन गराउँछु भन्नेतर्फ लाग्नु भयो भने कोही पनि बाँकी रहने छैनन्। त्यसो हुँदा यिनलाई तर्साएर हप्काएर होइन, सद्भाव र सहमति देखाएर सही बाटो हिँडाउनु बुद्धिमानी हुन्छ।

नयाँ नेतृत्वका लागि नेकपाले निर्णय गरेर पहिला प्रधानमन्त्री भइसकेकाले प्रधानमन्त्री पद नलिने, नयाँ मान्छे, ईश्वर पोखरेल, सुवास नेम्वाङ जस्ता सिनियर र परिपक्व मौजुदा संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित सांसदहरुमध्ये सक्षम र भरपर्दा सिनियर जो कोहीलाई छानेर केपी ओलीसहित प्रधानमन्त्री भइसकेका सबैको सर्वसम्मतले बाँकी अवधिका लागि सरकारको नेतृत्व गर्न दिनु अहिलेको अवस्थामामा सबैको जित र उपयुक्त निकास हुन सक्छ।

याे पनि पढ्नुस्

प्रधानमन्त्रीलाई संकटमा पार्ने चलखेल र पर्दा पछाडिकाे तत्व




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *