लकडाउनले फक्रेको प्रकृतिः धोबीखोला किनारमा बसन्तको सुगन्ध (फोटोफिचर)

डिसी नेपाल
१७ वैशाख २०७७ १४:१३

धोबीखोला भन्ने बित्तिकै मानिसहरुले नाक थुन्ने गर्छन् । काठमाडौंको मध्यभागबाट बग्ने धोबीखोला केही दशकयता मानिसहरुको चपेटामा परेर अहिले अस्तित्व विहीन बनेको छ । काठमाडौंमा सवारी साधनको चाप बढ्दै गएपछि सरकारले खोला किनाराका बाटोहरु कालोपत्रे गरेर बैकल्पिक बाटो निर्माण गरेको छ ।

धोबीखोलाको दुवै किनारका बाटा पनि कालोपत्रे गरिएका छन् । बाक्लो बस्ती र त्यही अनुपातमा सिर्जित प्रदूषणले धोबिखोलालाई निकै कुरुप बनाइसकेको अवस्थामा केही हदसम्म भए पनि सुन्दरता थप्ने उद्देश्यले धोबीखोलाको किनारका बाटोछेउ फूलहरु रोपिए । संयोगले ती फूलहरु फुल्ने वसन्त ऋतु सुरु हुने बेलामै कोरोनाभाइरसको प्रकोप बढ्यो । शहर लकडाउन भयो, सवारी साधन रोकिएसँगै धुलो र धुवाँ घट्यो । मानिसहरुको भीडभाड हरायो ।

प्रकृति अनुकूल वातावरण बन्दै जाँदा अहिले मध्य वसन्तमा यी फूहरु आफ्नो उत्कर्षमा छन् । त्बसन्त ऋतुको आगमनसँगै धोबीखोला किनारका फूलहरु फुलेर ढकमक्क भएका छन् । धोबीखोलाको दुर्गन्धले त्यो बाटो हिँड्नै मन नपराउने मानिसलाई पनि यी फूलहरुको सुन्दरता र सुगन्धले आकर्षित गर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *