संगीतकार तथा गायक सन्देश श्रेष्ठको नयाँ गीत ‘सँगै’ बजारमा (भिडियो)
काठमाडौं। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका संगीतकार तथा गायक सन्देश श्रेष्ठले फेरि एउटा नयाँ ‘सँगै’ नाम गरेको म्यूजिक भिडियो बजारमा ल्याएका छन्।
यसअघि उनले ‘मेरो सलाम’ गीतबाट डाक्टर, नर्स, प्रहरी र पत्रकारलगायत राहत बाँढ्नेलाई धन्यवाद दिँदै गीत बनाएका थिए र उक्त गीत सबैले रुचाएका पनि थिए। उनले दुई सय भन्दा बढी गीतमा संगीत दिएका छन् भने चार दर्जन गीत गायका छन्।
उनको नयाँ म्युजिक भिडियो युट्युवमा सार्वजनिक गरिसकेका छन्। यसअघि उनले तीन वटा एल्वम बजारमा ल्याइसकेका छन्। उनी वरिष्ठ संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा हुन्।
भिडियाे
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment