हुलाकी सडकको निर्माण कार्य शुरु

डिसी नेपाल
१८ वैशाख २०७७ १६:३२

वीरगञ्ज । विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ ।

करिब ८५ करोड ८५ लाखको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

आयोजनाको ठेक्का सम्झौता २०७४ पुस १२ गतेदेखि २०७७ असार ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्वच्छन्द, पप्पु, हिम, सगरमाथा जेभी आयोजनाका इन्जिनीयर अमरेन्द्रकुमार यादवले बताए । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माणका क्रममा सडकमा माटो हाल्ने कामदेखि गिट्टी, बालुवा हाल्ने काम सम्पन्न गरी अहिले सो सडकमा कालोपत्रे हाल्ने काम गर्न लागिएको बताइएको छ ।

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएकाले लकडाउनको समयमा भए पनि सो कामलाई निरन्तरता दिएको बताइएको छ । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेकाले सो काम अगाडि बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *