नेकपामा विवाद चर्किँदा चिनियाँ राजदूतको दाैडधुप

डिसी नेपाल
१९ वैशाख २०७७ १०:५८

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला उत्तरी छिमेकी चीनका राजदूत होउ यान्छीकाे सक्रियता अचानक बढेकाे छ।

राजदूत यान्छीले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समसामयिक राजनीतिक घटनाक्रम र नेकपाभित्र उत्पन्न विवादका विषयमा छलफल गरेकी थिइन्। प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबा राति बालुवाटार पुगेकी राजदूत यान्छीले पार्टी भित्रको विवाद समाधान गर्न सुझाव दिएको स्रोतले जनाएको छ।

बिहीबार प्रधानमन्त्रीलाई भेटेकी राजदूत यान्छीले शुक्रबार विहान नेकपाका अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेकी छन्। शुक्रबार विहान प्रचण्ड निवास खुमलटार पुगेकी राजदूत यान्छीले नेकपाभित्रको विवादका विषयमा चासो राखेको प्रचण्ड निकट स्रोतले जनाएको छ।

दुई अध्यक्षबीच ‘दुश्मनी’ को सम्बन्ध रहेका बेला चिनियाँ कुटनीतिज्ञको सक्रियताले कत्तिको काम गर्छ त्यो हेर्न बाँकी नै छ। तर अहिलेको राजनीतिक चक्रव्यूह भारतले तयार गरेको र त्यसलाई तोड्न नेपाली नेताहरु एकजुट हुनुपर्ने सन्देश चीनले दिएको छ।

नेकपा अध्यक्ष प्रचण्डसँग भेट गर्दै चिनियाँ राजदूत हाेउ यान्छी। तस्विर: पत्रकार किशाेर श्रेष्ठकाे फेसबुकबाट

विवाद सहतमा नदेखिएका मेधस केन्द्रित दललाई विभाजन गराउने लोभ प्रधानमन्त्रीलाई देखाएर भारतले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर राजनीतिक चक्रव्यूह तयार पारेको आरोप भारतमाथि लाग्ने गरेको छ।

केही विवादमा रहेको तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याइएको तर उक्त अध्यादेश जारी भएपछि राजपा र समाजवादी दल एकीकृत बनेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

अहिले सोही अध्यादेशलाई देखाएर नेकपाभित्र प्रचण्ड माधव नेपाल पक्षधर केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन लागिपरकेको यदि ओलीलाई दुवै पदबाट हटाउँदा नेकपा विभाजन हुने भारतीय ठम्याई रहेको विश्लेषण  राजनीतिक वृतमा  चलेका बेला चिनियाँ राजदूतकाे याे सक्रियता देखिएकाे हाे।

केही दिन अगाडि चिनियाँ राष्ट्रपति शि जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्तासमेत भएको थियो। चिनियाँ राष्ट्रपतिले कोरोना विरुद्धको लडाईँमा वर्तमान सरकारलाई जस्तो सुकै सहयो गर्न तयार छ भन्ने संकेत संयोगमा होइन भन्ने चिनियाँ कुटनीतिज्ञको पछिल्लो सक्रियताले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *