माल्दिभ्समा रहेका २ नेपालीमा कोरोनाको पुष्टि

डिसी नेपाल
१९ वैशाख २०७७ १४:०१

काठमाडौँ । माल्दिभ्समा पनि २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बिहीबार राजधानी मालेमा रहेका २ नेपाली कोरोनाबाट संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टापु नै टापुको यो सानो देशमा १० हजारदेखि १२ हजारसम्म नेपालीहरु कार्यरत रहेका छन् । माल्दिभ्समा प्रत्येक दिन संक्रमणको दर बढ्दै गएको हुनाले नेपालीहरु पनि उच्च जोखिममा रहेको त्यहाँ कार्यररत मनोज पौडेलले बताए ।

माल्दिभ्समा १५० भन्दा बढी लाग्जरी रिसोर्टहरु रहेका छन् र त्यहाँ काम गर्नेहरुमा ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेका छन् । यी होटल र रिसोर्टहरु कोरोनका कारण सबैजसो नै बन्द छन् । खुलेकाहरुमा पनि पर्यटकहरु फिर्ता जान नसकेर अड्किएकाहरु मात्र बांकी छन् ।

कतिपय रिसोर्टहरुले उनीहरुलाई घर फर्कन आग्रह गर्दै हवाइ टिकटसमेत दिइसकेको छ । तर, उनीहरु लकडाउनका कारण स्वदेश आउन पाएका छैनन् ।

सार्क राष्ट्र भएपनि माल्दिभ्स नेपाली राजदूतावास छैन । सार्कभर एनआरएनए हुने कुरै भएन । माल्दिभ्सलाई श्रीलंकामा रहेको दूतावासले हेर्ने भनिएको छ । समस्या पर्दा तत्तकालै सहयोग गर्नका लागि नेपाली दूतावास र संघसंस्था नहुँदा त्यहाँ रहेका नेपालीहरु आत्तिन थालेका छन् ।

माल्दिभ्समा हालसम्म ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ जनाको ज्यान गएको छ भने १७ जना उपचारपछि निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *