जापानमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

ज्याक खड्का
१९ वैशाख २०७७ १४:३७

टोकियो । जापानमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुगेको छ । बिहीबार एकैपटक २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ६ पुगेको हो ।

राजधानी टोकियो स्थित ईकेबुकुरोमा रहेको नेपाली रेष्टुरेण्टमा कार्यरत दुई जनामा कोरोना संक्रमण पाइएको अस्पतालले पुष्टि गरेको थियो ।

संक्रमण पुष्टि भएका ३९ वर्षीय पुरुष र ३४ वर्षीया महिला हुन् । संक्रमितहरु श्रीमान् श्रीमती हुन् ।

सो रेष्टुरेण्टमा कार्यरत दुई जनामा यसअघिनै संक्रमण पुष्टि भईसकेको छ ।

जापानमा एकै यतिधेरै संख्यामा एउटै रेष्टुरेण्टमा कार्यरत नेपालीमा संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

यसअघि संक्रमण पाइएका दुवै व्यक्तिको उपचार भइरहेको छ । नयाँ संक्रमित व्यक्तिमा पनि संक्रमणको सुरुवात पाइएको र अवस्था सामान्य रहेको बताइएको छ ।

टोकियोमा एक र खानागावामा अर्काएकको परिक्षण रिपोर्ट आउन बाँकी छ ।

राजधानी टोकियोमा अर्का एक युवतीमा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ ।

टोकियो ओताकुमा बस्दै आएकी ३० बर्षिय नेपाली युवतीमा संक्रमणजन्य संकेतहरु रुघाखोकी सहित ज्वरो पाइएको छ ।

योकोहामा पनि अर्का एकमा संक्रमण आशंका

तीनदिन अघिमात्र एकजनामा संक्रमण पुष्टि भएको राजधानी टोकियो नजिकको योकोहामामा अर्का एक नेपालीमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

पछिल्लो एकसाता देखी रुघाखोकी र ज्वरो देखिएका उनलाई कोरोना संक्रमण भएको ठानिएको छ । अस्पतालले उनको रिपोर्ट भोली आउने बताएपनि कोरोना संक्रमणको उच्च सम्भावना रहेकाले परिवारको साथमा बस्दै आएका उनलाई हाल अस्पतालमै विशेष निगरानीमा राखेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *