जापानमा थप १ जना नेपालीमा कोरोनाको पुष्टि, संक्रमित नेपालीको संख्या ७ पुग्यो

ज्याक खड्का
२० वैशाख २०७७ ११:०१

टोकियो । जापानमा थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जापानको खानागावा प्रान्तमा थप एक नेपाली महिलामा संक्रमणको पुष्टि भएको हो ।

योसँगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ ।

पोजेटिभ भेटिएकी ती महिला यसअघि संक्रिमत भएका अर्याल थरका पुरुषको श्रीमती हुन् ।

अस्पतालमा चेकजाँच गराउँदा मे १ तारिख शुक्रबार साँझ आफूलाई कोरोना संक्रमण देखिएको संक्रमित ती महिला स्वयंमले बताइन् । एक हप्ताअघि कोरोनाको संक्रमण देखिएका उनका श्रीमानको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ।

श्रीमान् श्रीमती र छोरासँगै बस्दै आएको उनका परिवारमा छोरामा भने हालसम्म संक्रमण देखिएको छैन । जापानमा श्रीमान् श्रीमतीनै कोरोना संक्रमित भएको यो दोस्रो घटना हो ।

यसअघि ईकेबुकुरोमा एक नेपाली रेष्टुरेण्टमा कार्यरत अर्का नेपाली पुरुषमा संक्रमण पुष्टि हुँदापछि श्रीमतीमा पनि सरेको थियो ।

जापानमा कोरोना संक्रमित ७ नेपालीमध्ये १ जना उपचारपछि निको भएका छन् । पहिलो पटक संक्रमण पुष्टि भएकी नेपाली युवती निको भएर घर फर्केकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *