दाङका १० नाकामा सुरक्षाचौकी खडा

डिसी नेपाल
२० वैशाख २०७७ १२:३९

तुलसीपुर । दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ।

नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

‘अहिले जिल्लामा ३१ नाका छन्’, तर दश नाकामा मात्रै सुरक्षा पोष्ट पुगेको छ’, उनले भने ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै नाकाको सुरक्षालाई कडा बनाउन चौकी थप गरिएको हो। यसअघि दुई नाकामा मात्रै चौकी खडा भएको थियो।

हालै मात्रै आठ नाकामा सुरक्षा हुने गरी चौकी खडा गरिएको प्रजिअ रिजालले बताए । दाङ नाकाको ठूलो क्षेत्र ओगट्ने कोइलाबास र सुनपथरीमा पहिलेदेखि नै चौकी थिए।

‘यसअघि नाकामा पोष्ट नहुँदा सुरक्षा चुनौती थियो’, उनले भने अब पोष्ट पुगेसँंगै नाकाको सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अहिले दाङका ३१ नाका पूर्ण रुपमा बन्द भएको छ। जिल्लाका ८३ किलोमिटर क्षेत्रमा ती नाका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *