कतारमा एकै दिन ७७६ संक्रमित थपिए

डिसी नेपाल
२१ वैशाख २०७७ ८:४९

काठमाडौँ । खाडी मुलुक कतारमा एकै दिन ७७६ जना कोरोना संक्रमित फेला परेका छन् । यो सँगै कतारमा कोरोना संक्रमितको संख्या १४ हजार ८७२ पुगेको वल्डोमिर्टले जनाएको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तिब्र भएपनि मृत्युदर भने निकै न्युन छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १२ जनाको ज्यान गएको छ । कतारमा कोरोना संक्रमित भएकामध्ये १ हजार ५३४ जनाको उपचार सफल भईसकेको छ ।

हालसम्म कतारमा १ लाख १ हजार ७२८ मा कोरोना परीक्षण गएिको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *