राष्ट्रपति भण्डारीद्वारा संसदको वजेट अधिवेशन आह्वान

डिसी नेपाल
२१ वैशाख २०७७ १५:१५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन्।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन वैशाख २५ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसा चार बजे बस्ने गरी संसदको वटेज अधिवेशन आह्वान गरेकी हुन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संविधानमा जेठ १६ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।

केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले संघीय संसद भवनको अवलोकन गरी सामाजिक दूरी कायम हुने गरी वैठकस्थलको व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *