कुवेतमा ८४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

डिसी नेपाल
२१ वैशाख २०७७ १७:४०

कुवेत । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । आइतबार थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ८४ पुगेको हो ।

कुवेतको स्वास्थ्यले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ६ नेपालीसहित ३ सय ६४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।

तीमध्ये ३८ जनाको ज्यान गएको छ, भने १ हजार ७ सय ७६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ७२ जनाको अवस्था उपचार गम्भिर छ । संक्रमित नेपालीमध्ये सबै उपचाररत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *