कतारमा पछिल्लो २४ घण्टामा ६ सय ७९ नयाँमा कोरोनाको पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

डिसी नेपाल
२१ वैशाख २०७७ १९:०४

काठमाडौँ । कतारमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । कतारको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तिब्र भएपनि मृत्युदर भने निकै न्युन छ ।

हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् ।

कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक छन् । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग यकिन तथ्याङ छैन । कुल संक्रमितको २० प्रतिशत नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक भएका छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।

कतारस्थित नेपाली दूतावासले पनि ठ्याक्कै प्रतिशतमा भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएकाे बताएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *