दिवेशले मच्चाए हलिउडमा तहल्का, अमेरिकन आइडलको टप टेनमा चयन

डिसी नेपाल
२२ वैशाख २०७७ ७:३६
4
Shares

वासिंगटन डिसी। नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन्। जारी रहेको अमेरिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएको घोषणा जजहरुले गरेका थिए।

उनले टप टेपमा छनोट भइसकेपछि टेक मी होम बोलको गीत गाएका थिए। आफ्नो प्रस्तुती सकिए लगत्तै खुसी भएका पोख्रेलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन्।

दिवेशले मच्चाए हलिउडमा तहल्का, अमेरिकन आइडलको टन टेनमा चयन

उनको विजयमा खुसी हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले एक फेसबुक स्ट्याटस लेख्दै दिवेशले नेपाली डायस्पोरालाई गर्व गर्ने बनाएको उल्लेख गरेका छन्। आफ्नो सो अघि दिवेशले मोमो बनाएको देखाएर आफ्नो कल्चरको बारेमा अमेरिकी टिभीमार्फत जानकारी दिएकोमा पनि पूर्वराजदूतले प्रशन्नता व्यक्त गरेका छन् ।

डिसी नेपालले गरेकाे कुराकानी  भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *