भारतमा अलपत्र नेपाली भोक–भोकै, उद्दार गर्न सद्भाव समूहकाे आग्रह

डिसी नेपाल
२२ वैशाख २०७७ १२:४२

नयाँ दिल्ली, भारत । भारतमा रहेको साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले कोरोना भाइरसको महामारीका बेला भारतमा रहेका धेरै नेपालीहरु लकडाउनका कारण अलपत्र परेको भन्दै उद्धार गर्न माग गरेको छ । उद्भाव समुहका संयोजक गंगाप्रसाद भट्टराईले एक विज्ञप्ती जारी गर्दै भारतमा कोरोना त्रास र लकडानका कारण नेपालीहरु विभिन्न राज्यमा अलपत्र अवस्थामा भोक भोकै बस्नु परेको भन्दै उनीहरुको उद्वार गर्न माग गरेका हुन् ।

नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‍‍‍‍‍ भारतभरि लाखौंको संख्यामा नेपालीहरु बस्दै आएका छन् । यहाँ कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन्। संयोजक गंगा भट्टराईले डिसी नेपाल मार्फत सरकारका लागि प्रश्न गरेका छन्, यस संकटको समयमा नेपालीहरुको गास बास असुरक्षित भएको छ । देश फर्किनु बाहेक अरु कुनै विकल्प नरहेको तर अफ्ट्यारोको यस समयमा आफ्नो घरले (नेपाल) नै घर भित्र जाना नदिदा जाने काह ? स्वस्थ्यको जाँच गरि सम्पूर्ण नेपाली पीडितहरुलाई छिटो भन्दा छिट्टो देश फर्काउन दवाब दिएका छन्।

‘संयोजक गंगा भट्टराईका अनुसार, दिल्ली मुंबई सहित भारतका विभिन्न राज्यमा नेपालीहरु अलपत्र परेको ४४ दिन हुँदा सम्म नेपाली दुताबास दिल्ली बाट कुनै पहल नगरिएको गुनासो आइरहेको छ। दुतवासले भारतमा अलपत्र परेका पिडितहरुलाई आउदो समयमा सरकारले गरेको निर्णय सम्मको जानकारी दिन सकेको छैन। कोरोनाको त्रासले प्रवासीहरु भोक भोकै त थिए तर अब मानसिक रुपले डिप्रेसन भएका छन् । यस्तो अवस्थामा पनि दूताबासले कुनै कदम नचाल्नु दुखद् पक्ष हो।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८४ जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन्। कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *