मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ खुकुलो बनाइयो

डिसी नेपाल
२२ वैशाख २०७७ १२:२८

क्वलालम्पुर । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि गएको मार्च १८ तारिखदेखि मलेसियन सरकारले जारी गरेको आवागमन प्रतिबन्ध आदेश ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ ४६ दिनपछि केही खुकुलो पारिएको छ ।

सोमबारबाट स्वास्थ सुरक्षा र सामाजिक दुरी कायम गर्दै बैँक, पेट्रोल पम्प, रेष्टुरेन्ट, बजार, वार्कसप, कन्स्ट्रक्सन, फ्याक्ट्रि खुल्ला गरिएको छ । त्यस्तै कामदारहरु आवत जावत गर्न भने १ वटा बसमा २० जना र १ वटा कारमा २ जना मात्र सवार गर्न पाइने नियमा लगाइएको छ ।

साथै अति जोखिम क्षेत्र सैलुन, बिद्यालय, कलेज, नाइट मार्केट, नाइट क्लब, फिल्म हल, मस्जिद, चर्च, मन्दिर, सभा–सम्मेलन र भोज भतेर पूर्ण रुपमा बन्द गराइएको छ ।

हालसम्म मलेसियामा संक्रमितको संख्या ६ हजार २ सय ९८ पुगेको छ । संक्रमितमध्ये १ सय ५ जनाको ज्यान गएको छ । त्यस्तै ४ हजार ४ सय १३ जना उपचारपछि संक्रामण मुक्त भएका छन् । मलेसियामा ३ जना नेपाली कोरोना भाइरसबाट संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *