जापानमा कोरोना संक्रमित ७ नेपालीमध्ये २ जना उपचारपछि संक्रमण मुक्त

ज्याक खड्का
२२ वैशाख २०७७ १२:५७

टोकियो । जापानमा कोरोना संक्रमित ७ नेपालीमध्ये २ जना उपचारपछि संक्रमण मुुक्त भएका छन् । भाइरस संक्रमित अर्की एक महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुुने नेपालीको संख्या २ पुुगेको हो ।

१ हप्ता अघि संक्रमण पुष्टि भएकी नेपाली महिला निको नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिएका छन् ।

यसअघि अर्की एक नेपाली युवती उपचारपछि निको भएकी थिइन् । उनी जापानमा कोरोना संक्रमित पहिलो नेपाली थिइन् । उनी दुई हप्ताको उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्केकी थिइन् ।

अहिले ५ जना संक्रमित नेपालीको अस्पतालमा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *