कतारमा सोमबार ६ सय ४० संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार नाघ्यो

डिसी नेपाल
२२ वैशाख २०७७ १८:००

काठमाडौँ । खाडी मुलुक कतारमा सोमबार ६ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । । कतारको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा ६ सय ४० नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ९१ पुगेको छ ।

विश्वभर फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तिब्र भएपनि मृत्युदर भने निकै न्युन छ ।

हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ८ सय १० जना उपचारपछि निको भएका छन् । सोमबार मात्रै १ सय ४६ जनाले स्वास्थ्य लाभ गरेका थिए ।

कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक छन् । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग यकिन तथ्याङ छैन । कुल संक्रमितको २० प्रतिशत नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक भएका छन् । यद्यपि यो तथ्याङ्कको आधिकारिक पुष्टी भने हुन सकेको छैन ।

कतारस्थित नेपाली दूतावासले पनि ठ्याक्कै प्रतिशतमा भन्न नसकिए पनि नेपालीहरु संक्रमित भने भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *