कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७७ ९:१६

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो।

केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए ।

पछि बीचैमा जागिर छाडेर नेपाल फर्कनुभएको थियो । उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गगरको थिए ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् ।

गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइपुगेका थियो । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *