मलेसियामा कोरोना भाइरसबाट ९ नेपाली श्रमिक संक्रमित, ३ जना उपचारपछि निको भए

डिसी नेपाल
२३ वैशाख २०७७ १७:२५

क्लालम्पुर । मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ । पछिल्लोे समय ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रमित नेपालीको संख्या बढेर ९ पुगेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार संक्रमित मध्ये ३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित सबै जना पुरुस रहेको उनले बताए ।

डिसी नेपालको कुराकानीमा राजदूत पाण्डेले नेपालले अन्तराष्टिय उडान सूचारु नगरेसम्म कुनै पनि नेपाली स्वदेश फर्कन असम्भव रहेको जानकारी गराए । उनले कुनैपनि नेपालीलाई खानको लागि समस्या भए दूतावासले व्यवस्था गर्ने पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *