No ads found for this position
No ads found for this position

आवतजावतमा कडाइ गर्न बारको आग्रह

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ वैशाख २०७७ २२:०३
No ads found for this position

काठमाडौं । नेपाल बार एसोसिएशनले सीमानाका तथा खुला सिमानाका कारण भारततर्फबाट हुने आवातजावतमा थप कडाइ गर्न र आन्तरिक आवागमनमा पनि थप जाँच परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ । महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको परीक्षणको दायरा बढाई भरपर्दो विधि र उपकरणमार्फत धेरै सङ्ख्यामा परीक्षण गर्न र आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गर्न, राहत वितरणमा समान र भेदभावरहित विधिबाट दुरुपयोग नहुने गरी गुणस्तरीय राहत सामग्री वितरण गर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गरी रोग र भोकबाट मर्न नपर्ने गरी नीति निर्माण गर्र्नुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “जथाभावी सवारी पास वितरण नगर्न र वितरित सवारीसाधन पासको दुरुपयोग रोक्नसमेत सरकारसँग जोड्दार माग गर्दछौँ ।”

बारले जनताको धैर्यता र सहनशीलताका लागि उच्च सम्मान गर्दै राहत वितरण सही किसिमले नभइरहेको र पहुँचवालाले आफूखुशी गरेका कारणले पनि कतिपय ठाउँमा झडपको स्थितिसमेत सिर्जना भएको जनाएको छ । “वास्तविक राहत चाहिने व्यक्तिले नपाएको भन्ने समेत जनगुनासो आइरहेका छन्, रोगबाट बचाउने प्रयास गरिरहँदा भोकबाट मर्ने त होइन भन्ने आशङ्का पनि देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “रोग र भोगबाट कोही पनि व्यक्तिलाई मर्न नदिनका लागि सरकारबाट थप प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।” महामारीको प्रकोप दिनानुदिन बढ्दै गइरहेको अवस्थामा सरकारले महामारीलाई नियन्त्रणको प्रयास जारी राखे पनि बन्दाबन्दीको पनि पूर्ण पालना हुन नसक्दा थप सङ्क्रमण बढ्न जाने खतरा बढिरहेको बारले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *