गुट फेरेपछि चुपचाप बामदेव

डिसी नेपाल
२४ वैशाख २०७७ ११:३३

काठमाडौं। पछिल्लो समय विश्वमा कोरोना भाइरसको प्रकोप बढेपछि पूरै विश्व्मा यही विषय मात्र केन्द्रमा रह्यो। नेपालमा पनि भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै देशव्यापी लकडाउन गरियो। तर, विश्वमा भाइरस संक्रमण कसरी फैलिनबाट रोक्ने ? करी धेरैभन्दा धेरै परीक्षण गर्ने ? संक्रमण बढिहालेमा कसरी तत्काल उपचारको व्यवस्था मिलाउने ? विषय चर्चामा हुँदा नेपालमा भने राजनैतिक जोडघटाउ चर्चामा रह्यो।

सरकारले पहिले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्यायो। समाजवादी पार्टी फुटाउने उद्देश्यले ल्याइएको दावी गरिएको त्यो अध्यादेशले समाजवादी त फुटेन बरु नेकपालाई नै त्यसले ब्याकफायर गर्ने खतरा बढेपछि सरकारले रातारात अध्यादेश फिर्ता लियो।

अध्यादेश फिर्तापछि यो विषयको चर्चा सेलाउन नपाउँदै चर्चाको केन्द्रमा नेकपा उपाध्यक्ष बामदेव गौतम आए। बामदेवलाई प्रधानमन्त्री नै बनाउने कुरा आएपछि भने यसले सिंगो देश तात्यो। तर, अहिले बामदेव चुपचाप छन्।

बोल्नु वा चुप हुनु उनको इच्छाको कुरा हो । उनी बोल्नु र नबोल्नुमा अहिले तात्विक भिन्नता नहुनुपर्ने हो। तर, अहिले परिस्थिति यतो आइदिएको छ कि उनी बोल्दा भन्दा धेरै हलचल उनको मौनताले ल्याइदिएको छ। सांसद बन्न अति लालायित बामदेवका लागि पछिल्लो समय त प्रधानमन्त्री नै बन्ने अफर आएको थियो।

अध्यादेश फिर्तापछि यो विषयको चर्चा सेलाउन नपाउँदै चर्चाको केन्द्रमा नेकपा उपाध्यक्ष बामदेव गौतम आए। बामदेवलाई प्रधानमन्त्री नै बनाउने कुरा आएपछि भने यसले सिंगो देश तात्यो। तर, अहिले बामदेव चुपचाप छन्।

त्यसमाथि त्यो अफर स्वयं बहालवाला प्रधानमन्त्रीले नै ल्याएका थिए। तर, बामदेव चुप छन्। राष्ट्रियसभामै भए पनि सांद बन्छु भनेका बामदेवका अगाडि प्रधानमन्त्री पद छ र स्वयं बहालवाला प्रधानमन्त्रीले त्यो कुर्सी उनलाई अफर गरेका छन्। तर, बामदेव चुपचाप छन्।

उनको मौनताले अहिले देशलाई पोलेको छ। दशकौंपछि देशमा स्थिर सरकार आएको थियो। तर, त्यही सरकारको समेत नेतृत्व फेरिने भयो भन्ने कुराले सिंगो देशलाई पोलिरहेको छ। तर, यतिबेला सक्रिय हुनुपर्ने बामदेव किन मौन छन्?

उनको मौनताले देशलाई झन् बढी पोलिरहेको छ । बामदेवलाई उपयुक्त समय हेरेर प्रतिनिधिसभामा ल्याउने निर्णय पार्टीले गरिसकेको छ। जुन ठाउँमा जाने उत्कट अभिलाषा लिएर बामदेवले अहिलेसम्म पर्खे त्यसको बाटो खुलेपछि उनी झन् किन चुप? उनको मौनता झनै रहस्यमय बन्दै गएको छ।

यद्यपि नेकपाले उनलाई प्रतिनिधिसभामा लैजाने निर्णय पार्टीले गरेको भए पनि पछिल्लो समय नेकपाभित्रको अवस्था हेर्दा प्रधानमन्त्रीले भनेजस्तो प्रस्ताव अगाडि बढ्ने देखिँदैन । बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

ओलीको यो प्रस्ताव र पार्टीले बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरिसकेपछि अर्का अध्यक्ष प्रचण्डले पनि केही प्रस्ताव गरेका छैनन्। तर, पछिल्लो समय गौतम पनि चुपचाप छन्।

पछिल्लो समय पार्टीभित्र अन्तरद्वन्द्व चलेको सत्य हो । पार्टीभित्रै प्रधानमन्त्री अल्पमतमा पर्ने स्थिति आएको पनि हो । त्यही स्थितिबाट पार पाउनको लागि प्रधानमन्त्रीले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका पनि हुन् । तर, घटनाक्रम यति अगाडि बढिसकेपछि एकाएक सबथोक किन सेलायो ? पार्टीभित्रको त्यति ठूलो अन्तरद्वन्द कसरी साम्य भयो ?

आफ्नो पक्षमा पार्टीले निर्णय गरिसक्दा पनि बामदेवको गुपचुप बसाइको राज के हो? किन उनी आफू प्रधानमन्त्रीको पक्षमा वा विपक्षमा भएको बारे पनि बोलेका छैनन्? जसरी भए पनि संसदमा पुग्ने चाहना राखेका उनले राष्ट्रियसभामो सिट पनि त्यागे।

प्रतिनिधिसभमा उपयुक्त समयमा लैजाने भन्ने बाहेक अन्य केही पनि निर्णय भएको छैन। तैपनि उनी चुपचाप छन् । आखिर के ले टाल्यो बामदेवको मुख ? प्रश्न दर्जनौं छन् तैपनि बामदेव चुपचाप छन् ।




प्रतिक्रिया

One thought on “गुट फेरेपछि चुपचाप बामदेव

  1. ” मलेसियाको अर्थतन्त्रमा कृषि, पशुपालन,उत्पादनमूलक क्षेत्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ : तर यो korona virous ले गर्दा मलेसिया निकै प्रभावित बन्न सक्ने अपेक्षा गरिएको छ । महामारीको कारण देखिएको गिरावटले मलेसियाका आम्दानीमा पनि ठूलो असर पर्ने छ। ” (1) कुइरेको मुलुकमा , गतिलो कृषि उत्पादन को कुरा , कहाको उत्पादन रहिच भनेर हेरेयो , मलेसिया को। जस्तै :- भूईकटर , आंप , डुीरयन , रुख कटहर , बिभिन्न तरकारी हरु , लयामि ( हरियो कागती ) , इत्यादि इत्यादि। (2) जसको 3 पुस्ता अगाडी फलफूल खेती , तरकारी खेती , पशुपालन गरेको मलेसियन हरु , त्यही बाट धन को बिकास पनि हुदै हुदै आएर यो 3 पुस्ता सम्म आइपुग्दा , उद्योगपति हरु भएका रहिछन। भनेपछि , फलफुल , कृषि , पशुपालन कम्तीको रहैछ ????? तर मलेसियन हरु बाठो त्यों कुरो नभन्नि ( टुप्पो बाट पलाएको मातिन्छ भनेको जस्तो :- मलेसियामा , मलेसियन , इंडियन , चाइजिन हरु छन ) नेपालले सोध्यो भने बरु Japan ले भन्छ सिकांउछन। (३) हिजोको दिन सम्म ( 100 बर्ष पनि भएको छैना होला ) , नेपालले सहयोग गरेको मलेसिया लाई (५) हिजोको दिन सम्म , नेपालको पैसा ठूलो थियो मलेसिया , सिंगापुरको भन्दा। तर इंडियन र चाइनीज को आगमन भएको ठाउँमा , ” गरीब मन ” तिकड़म ज्याद हुँदोरहीच। त्यसैले World मा , मुस्सलवान पछि , इंडियन र चाइजिन हरुलाई , कसैले पनि मन पराउदैनन। बिस्वास पनि नगर्ने। (6) दुर्भाग्य , World ले घ्रणा गरेको मुस्सलवान , Wold मा त्यति मन नपराउने इंडियन र चाइजिन हरुलाई , यो 3 तिनै वटा दुर्भाग्य हरुलाई , नेपालमा नेपालको सम्पति , मौजमस्ती छ। (६) गर्नी हरुले , कृषि लाइ पनि देशै भरी पुग्ने गरेर उत्पादन गर्छन , देशभरि पुर्याउछन। त्यसपछि , बिदेश तीर पठाउने ताकने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *