बहराइनमा थप ८८ नेपालीमा कोरोनाको पुष्टि, संक्रमित नेपालीको संख्या २ सय ४५ पुग्यो

डिसी नेपाल
२४ वैशाख २०७७ १५:५७

मान्मा । बहराइनमा थप ८८ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ३ हजार ७ सय २० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ८ जनाको ज्यान गएको छ,भने १ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन् । दूतावासका अनुसार निको हुनेमा नेपालीहरु पनि रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *