प्रदेश २ को सरकारद्वारा दोस्रो चरणको राहत वितरण

डिसी नेपाल
२५ वैशाख २०७७ ७:०८

जनकपुरधाम। लकडाउन लम्बिँदा दैनिक ज्यालादारी गर्ने मजदुर प्रभावित भएकाे भन्दै मजदूर तथा विपन्न परिवारका लागि प्रदेश २ को सरकारले दोस्रो चरणको राहत विरण सुरू गरेकाे छ।

लकडाउन लम्बिएपछि मजदूर तथा विपन्न परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण सुरु गरेको हो ।

प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको तर्फबाट दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट मन्त्री रामनरेश रायद्वारा औपचारिक प्रारम्भ गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको आयोजनामा वडा नं.७ स्थित १०५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

प्रदेश सरकारले मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस लगायतका राहत सामग्री वितरण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिएका छन्।

प्रदेशवासीको हरेक सुखदुखमा प्रदेश सरकार साथ रहने प्रतिबद्धता जनाउँदे राज्यमन्त्रीले आगामी दिनमा पनि राहत तथा उद्धारमा लागिरहेका बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *