दैलेखमा सडक बनाउने विषयमा विवाद हुँदा झडप, एक स्थानीय गम्भिर घाइते

डिसी नेपाल
२७ वैशाख २०७७ २०:२८

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडानम्बर ५मा मोटरबाटो खन्ने विषयमा झडपहुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गाेली लागि स्थानीय कमल शाही गम्भिर घाइते भएका छन् ।

स्थानीयका अनुसार कर्णाली प्रदेश योजना आयोगका सदस्य देवेन्द्र शाहीले वडामा पठाएको बजेटबाट सडक निर्माणको विषयमा स्थानीयबीच सहमति नहुँदा झडप भएको हो ।

नगरपालिकाले हिजो र अस्ती गुपचुरुपमा डोजर लगाएर सडक खन्ने काम गरेको थियो । आज स्थानीयले अवरोध गर्दा डोजरले लागेर अर्का एक जना पनि बहोस भएको स्थानीयले जनाएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरीको टोली खटाइएको छ । घटनाको बारेमा बिस्तृत जानकारी आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी युव राज कटेलले डिसीनेपालसँग कुरा गर्दै भने, ‘जग्गा धनिको अनुमति बिना स्काभेटर चलाउँदा दुई पक्षबीच झडप भएको हो। टोली खटाएका छौं। टोलीले अध्यायन गरेर बताउछ । त्यसपछि सत्य तथ्यकुरा बाहीर आउछ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *