कोरोना त्रासका बीच आमाका तस्वीर : हेरौं केही मन छुने आमाकाे ममता छचल्किएका तस्वीर
काठमाडौं। सबैभन्दा पहिला सुरु गरौं चीनको वुहानमा भएको अध्ययनबाट। जामा पीडिएट्रिक्सको एउटा रिपोर्टका अनुसार वुहानमा ३३ बच्चा कोरोना संक्रमित आमाबाट पैदा भएका थिए। तीमध्ये तीन जना बाहेक अन्य सवै स्वस्थ छन्।
जो तीन जना संक्रमित थिए, ती मध्ये दुई जना एक हप्ता अगाडि ठिक भएका छन्। यो अध्ययनको किन उल्लेख गरिएको हो भने वुहान त्यो ठाउँ हो जहाँबाट कोरोना संक्रमणका सुरुवात भएको थियो। र, यो अध्ययनले के उल्लेख गरेको छ भने आमा अप्ठेरो परिस्थितमा बलियो सहयोगी सावित हुन्छिन्। आमाहरुले आफ्नो हिम्मतले आफ्नो सन्तानको सुरक्षा गर्छिन्। मेडिकल साइन्सले कुरालाई स्वीकार गरे पनि नगरेपनि यी तस्वीरले त्यही बनिरहेका छन्।

यो तस्वीर भियतनामको हनोई सहरको हो। यहाँ एक जना आमा आफ्नो सानो बच्चालाई कोरोनाबाट बचाउनका लागि शिल्ड प्याक गरेकी छन्। अहिलेसम्म भियतनाममा कोरोनाका २८८ जनामात्रै संक्रमित फेला परेका छन्।

यो तस्वीर इण्डोनेशियााको जाभा सहरको हो, जुन एक अप्रिलमा खिचिएको थियो। यो तस्वीरमा देखिएकी ३५ वर्षीया युका हुन्, जसले आफ्नो १२ दिनको छोरालाई काखमा लिएकी छन्। कोरोनाका कारण इण्डोनेशियाका अस्पतालमा गर्भवती महिलासँग एक व्यक्तिमात्रै बस्ने अनुमित छ। इण्डोनेशियामा कोरोनाका कारण ९५० भन्दा धेरैको मृत्यु भइसकेको छ भने झण्डै १४ हजार संक्रमित भएका छन्।
हेरौ त्यस्ता केही तस्वीर







No ads found for this position

डिसी नेपाल
Facebook Comment