विदेशमा रोजगारी गुमाएका नेपालीलाई विमान चार्टर गरी स्वदेश फर्काउन आग्रह

डिसी नेपाल
३० वैशाख २०७७ ११:५८

काठमाडौं। नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोना संक्रमणका कारण खाडी मुलुकलगायतका मुलुकमा आफ्नो रोजगारी गुमाएका दशौं हजार नेपालीलाई विशेष विमान पठाएर उद्दार गर्न माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खी रहेको उल्लेख गर्दै उनीहरुलाई तत्काल विशेष विमान पठाएर उद्दार गर्न माग गरेकी हुन्। उनले नेपाल–भारत सीमामा आइपुगेका नेपाली नागरिक केही दिनदेखि भोकै प्यासै भएको र उनीहरुलाई ससम्मान स्वदेश भित्र्याउन आग्रह गरिन्।

उनले सीमामा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याएर नेपाल प्रहरी, नेपाली सेना र स्वयं सेवकहरु परिचालन गरी स्कुल, कलेजमा क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर जाने व्यवस्था मिलाउन आग्रह गरिन्। साथै उनले कोरोना संकट भन्दा अगाडि नै विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यववस्था मिलाउन पनि उनले आग्रह गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *