जोखिम बढेकाले लकडाउनको पालना गरौँ : शाक्य
काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । मङ्गलबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो ।
लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शाक्यले बताए
“आवतजावतको होडबाजीले थप समस्या हुन्छ । हामी शुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ”, शाक्यले भभने, “तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाधरुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ”, शाक्यले भने । उनले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्णपालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment