ब्रिटेनमा एक पुरुषले बच्चा जन्माएपछि

डिसी नेपाल
२ जेठ २०७७ १६:०१

काठमाडौं । भनिन्छ विज्ञान वरदान हो र यो एउटा चमत्कार पनि हो । ब्रिटेनका २१ वर्षीय पुरुष हेडेन क्रसले बच्चा जन्माएका छन, जुन उनको लागि वरदान हो र यो विश्वका लागि चमत्कार हो। बेलायतमा यो पहिलो घटना हो जब कुनै पुरुष व्यक्तिले गर्भधारण गर्दा बच्चालाई जन्म दिएको छ।

जानकारी अनुसार क्रस पहिले महिला थिईन् र तीन बर्ष पहिले उनको लिङ परिवर्तन गरिएको थियो। लिङ परिवर्तनको क्रममा, उनले एक शुक्राणुदाता को सहयोग लिईन र गर्भवती भइन्। उनले यो घोषणा गर्दा मानिसहरुले उनलाई मुख्य समाचार पनि बनाए, यद्यपि उनले केही कट्टरपन्थीहरूको आलोचनाको पनि सामना गर्नुपर्यो।

ब्रिटेन सरकारको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले उनलाई आफ्नो शुक्राणु फ्रिज गर्ने प्रक्रियालाई अस्वीकार गरेको थियो। यस कारणले लिङ परिवर्तनको प्रक्रिया पुराहुन सकेन ।

क्रसले भने, ‘म पूर्ण रूपमा स्वस्थ र ठीक छु, म धेरै भाग्यमानी छु र मेरो छोरी ट्रिनिटी–लेई मेरोलागि परी हुन्।” छोरी जन्माएपछि, क्रस अब सकेसम्म चाँडो पूर्णरुपमा लिङ परिवर्तन गर्ने प्रक्रिया पार गर्न चाहन्छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *