सीमापछि व्यापारमा पनि भारतले नेपाललाई दियो ठूलो धक्का ! नेपाली व्यापारी समस्यामा

डिसी नेपाल
३ जेठ २०७७ १५:५०

काठमाडौं। नेपाली भूमिका भारतले सडक बनाएको विषयमा नेपालमा भारतको चर्को विरोध भइरहँदा भारतले नेपाललाई अर्को ठूलो झट्का दिएको छ । भारतले नेपाल र बंगलादेशबाट आफ्नो देशमा पाम तेल आयात गर्ने अनुमति रद्द गरिदिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भारतले दिएको यो व्यापारिक धक्काले नेपाललाई ठूलो आर्थिक नोक्सानी हुन सक्छ । नेपालले ठूलो परिमाणमा भारतमा प्रशोधित पाम तेल निर्यात गर्दै आइरहेको छ ।

नेपाल र बंगलादेशबाट भारतमा साढे लाख टनभन्दा बढी प्रशोधित पाम तेल निर्यात हुन्छ । यसमा सबैभन्दा ठूलो हिस्सेदारी नेपालको छ । भारतमा पाम तेल निर्यात गर्ने ३९ वटा अनुमति पत्र रद्द गरिएको हो । भारत सरकारले जारी गरेको सर्कुलरमा गएको आर्थिक वर्षमा मात्र नेपालबाट भारतमा पाम तेल आयातको परिमाण ३१४ प्रतिशतले बढेर १ लाख ८९ हजार ३३ टन पुगेको उल्लेख छ ।

नेपाल र बंगलादेशले भारतमा पाम तेल निर्यात गर्दा कुनै कर तिर्नु पर्दैन किनकि नेपाल, भारत र बंगलादेशबीच दक्षिण एशियाली निःशुल्क व्यापार सम्झौता (साफ्टा) मा हस्ताक्षर भएको छ । भारतले खारेज गरेका ३९ अनुमति पत्र मध्ये ३७ अनुमति नेपाल र बंगलादेशबाट आयात गर्नका लागि जारी भएका थिए भने २ वटा इण्डोनेशियाबाट आयात गर्नका लागि जारी भएका थिए । भारतमा आयात हुने खाने तेलको करिब २ तिहाइ हिस्सा पाम तेलले ओगटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *