इजरायलमा चिनियाँ राजदूतको लाश भेटिएपछि अन्तर्राष्ट्रिय मिडियामा हंगामा

डिसी नेपाल
४ जेठ २०७७ १५:३५

जेरुसेलम। इजरायलमा चीनका राजदूत डू वेइको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ । राजदूतको शव उनको हर्टजलियास्थित घरमा बरामद भएको छ । इजरायलको विदेश मन्त्रालयले पनि यो घटनाको पुष्टि गरेको छ । यो घटना सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय मिडियामा हंगामा मच्चिएको छ ।

इजरायलमा नयाँ सरकारको सपथ ग्रहणका विषयमा चलिरहेको उतारचढावका बीच यो खबर सार्वजनिक भएको हो । रिपोर्टका अनुसार पुलिसले उनको घरमा अनुसन्धान गरिरहेको छ । चीनको दूतावासले अहिलेसम्म यसबारे कुनै बयान दिएको छैन ।

इजरायली मिडियाका अनुसार चिनियाँ राजदूत डु वेइको घरमा कुनै पनि शिंसाको संकेत भेटिएको छैन । अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार राजदूतको मृत्यु हृदयाघातका कारण भएको हुन सक्छ । अहिले मृत्युको कारण थाहा भइसकेको छैन ।

५८ वर्षका वेइको शव उनको बेडमा पाइएको थियो । निद्रामै उनको मृत्यु भएको मानिएको छ । उनको परिवारमा पत्नी र एक छोरा छन् । उनलाई फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूतको रुपमा नियुक्त गरिएको थियो । लामो समयसम्म जारी गतिरोधपछि आइतबार बेन्जामिन नेतन्याहूले पाँचौं पटक राष्ट्रपतिको शपथ लिँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *