इटालीमा अन्तराष्ट्रिय हवाइ उडान जुन महिनादेखि सुचारु हुने
इटाली। इटलीले जुन महिनादेखि अन्तराष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ । इटाली सरकारले आगामी जुन ३ तारिखदेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको हो ।
तर, इटलीले सबै देशका लागि नभएर युरोपियन मुलुकहरुबाट आउनेजाने बिमानहरुमात्र खोल्न लागेको हो । यी मुलुकहरुबाट इटाली आउँदा १४ दिन क्वारेनटाइनमा बस्न नपर्ने बताइएको छ ।इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतरालाई अनुमान गरेर यस्तो घोषणा गरेको बनाएको बताएका हुन्।
अहिले एक अञ्चलबाट अर्को अञ्चलमा जाँदा प्रयोग गर्नु पर्ने सेल्फ प्रमाणिकरणको सर्टिफिकेट सोही दिनदेखि लागू हुनेगरी हटाइएको छ।२ जुनसम्म काम वा स्वास्थ समस्या बाहेक सार्वजनिक यातायात र आफ्नो निजी साधन प्रयोग गरि इटालीबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ।
१८ मे देखि रेस्टुरेन्ट,बार,सैलुन र ब्युटिपार्लर पनि खुल्ने भएका छन् । यसअघि रेस्टुरेन्ट,बार,सैलुन र ब्युटिपार्लरहरु जुन १ तारिखदेखि मात्र खुल्न सक्ने जानकारी इटालिका प्रधानमन्त्री जुजेप्पे कन्तेले गराएका थिए ।तर,शनिबार पत्रकार सम्मेलनमा १८ मे तारिखदेखि नै रेस्टुरेन्ट,बार,सैलुन र ब्युटिपार्लरहरु खोल्न लागिएको बताए ।
No ads found for this position


Facebook Comment