अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे– राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन्।
राष्ट्रपति ट्रम्पले भनेका छन्– अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्– यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १५ लाख बढी संक्रमित छन् । साथै यहाँ ९० हजार बढीको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment