दैलेखको आठबिस नगरपालिकामा कोरोना पुष्टि भएपछि ठाटिकाँध गाउँपालिका सिल

तर्कबहादुर थापा
६ जेठ २०७७ १०:५८

काठमाडौं । दैलेखको पश्चिम ठाटिकाँध गाउँपालिकाले एक टोलबाट अर्को टोल र एक घरबाट अर्को घर आवत जावत गर्न नपाउने गरी सिल गरिएको छ । छिमेकी आठविस नगरपालिकामा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि मंगलबार बसेको सर्वपक्षीय वैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीका अनुसार कोरोना संक्रमित व्यक्ति संगै एउटै गाडिमा आएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि, उनीहरुको पिसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएपछि घर जान दिइएको थियो । आठबिस १ का कोरोना संक्रमितको रिपोर्ट पोजेटिभ देखिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई पनि क्वारेन्टाइनमा ल्याइएको अध्यक्ष शाहीले जानकारी दिए।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रिवन्द्र भण्डारीक अनुसार कोरोना संक्रमित संगै आएका ८ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएका कारण उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने गरि छोडिएको भएपनि पुनः हिजोबाट क्वारेन्टाइनमै राखिएको छ ।

‘जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखको बैठक बसिरहेको र १ बजेपछि आउने निर्णयका आधारमा उक्त ८ जनाको कन्ट्याक्ट टे«सिङ गरि आरडिटी गर्न पर्ने पनि हुनसक्छ’ भण्डारीले बताए ।

गाउँपालिकाले सूचना जारी गर्दै पालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ । पालिका भित्र संचालित मेडिकल सेवा बाहेकका सम्पूर्ण व्यापार व्यवसाय र बैंक तथा वित्तिय सेवा अर्को हप्तासम्मका लागि बन्द गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *