सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

डिसी नेपाल
६ जेठ २०७७ १५:२८

काठमाडाैं। रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए।

नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए।

सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *