आठबीसका कोरोना संक्रमितलाई जिल्ला अस्पतालमा आइसोलेट गरिने

तर्कबहादुर थापा
६ जेठ २०७७ १७:१०

काठमाडौं । दैलेखका पश्चिममा पर्ने आठबीस नगरपालिकामा कोरोनाको संक्रमण पुष्टि भएका व्यक्ति ४५ दिन कञ्चनपुरको क्वारेन्टाइनमा बसेको खुल्न आएको छ । भारतको आग्राबाट आएर ४५ दिन क्वारेन्टाइनमा बसेपछि आठबीस नगरपालिकाले उद्दार गरेको हो ।

आठबीस नगरपालिका १ मा कोरोना संक्रमण देखिएका उनलाई जिल्ला जनस्वास्थ्य कार्यलय दैलेखबाट स्वास्थ्यकर्मीको टोली पालिकामा पुगिसकेको छ। एम्बुलेन्स सहित पुगेको स्वास्थ्यकर्मीको टोलीले संक्रमितलाई जिल्ला अस्पताल ल्याएर आइसोलेट गर्ने वडाअध्यक्ष पर्बसिंह विश्वकर्माले जानकारी दिए।

आठबीस नगरपालिका १ वडाअध्यक्ष विश्वकर्माका अनुसार ५३ जनाको उद्दार गरिएको थियो । जसमा ३९ जना आठबीस नगरपालिका वडा नं. १ का रहेका छन् । यस्तै, ८ जना ठाटिकाँध गाउँपालिका, १ जना चामुण्डा बिन्द्रासैनी नगरपालिका, १ जना दुल्लु नगरपालिका र ४ जना ठाकुरद्वारा नगरपालिका वर्दियाका व्यक्तिहरु रहेका छन् ।

कञ्चनपुरको क्वारेन्टाइनबाट उद्दार गर्दा १० मा १ जनाका दरले आरडिटि परीक्षण गरिएको उनले बताए । उनले भने, ‘हामीले उद्दार गर्नु पहिला पनि आरडिटी परीक्षण गरेका थियों। सबैको रिपोर्ट नेगेटिभ आएपछि उद्दार गरेका हौं।’

वडाअध्यक्ष विश्वकर्माका भने, ‘सबैको पिसीआर परीक्षण गरेका हौं, ३९ जनामा गरीएको परीक्षणबाट ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरुको रिपोर्ट नेगेटिभ भएपनि हामीले क्वारेन्टाइनमा राखेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *