वृद्धभत्ता लिन लाइनमा उभिएका वृद्धको मृत्यु
सांकेतिक तस्बिर
धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोस भएर मृत्यु भएको छ।
गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए।
बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment